Posted on

चर्चित हुने संस्कृतिमा ईश्वरीय ईच्छामा जिउने व्यक्ति || In a fame-driven culture, a person living according to God’s will.

चर्चित हुने संस्कृतिमा ईश्वरीय ईच्छामा जिउने व्यक्ति

In a fame-driven culture, a person living according to God’s will.

Author: Sagar Tamang, Since 2019 in Shift Institute

सेवाकाइ तथा अगुवापन विकासको तालिमको क्रममा एक जना पास्टरले प्रशिक्षकलाई सोध्नु भयो, “सर, संस्कार र संस्कृतिमा के भिन्नता छ ?” प्रशिक्षक केही मिलि सेकेण्ड मौन हुन भई…यदि तपाई त्यो प्रशिक्षकको ठाउँमा हुनु भएको भए तपाईले के भन्नु हुन्थ्यो ? तपाईले विचार गर्नु हुदै गर्दा म यहाँ संस्कृतीहरू मध्ये एक चर्चित वा प्रख्यात हुने संस्कृतीको बिचमा ईश्वरीय ईच्छामा जिउने व्यक्ति कस्तो हुन्छ भने केहि बिचार लेख्न गईरहेको छु ।

हामी बहु–भाषा र संस्कृतीले भरिपूर्णको देश नेपालमा जिइरहेका छौँ । पछिल्लो समय त डिजिटल(प्रविधि) को कारणले हामी संसारको प्राय देशहरू सँग पनि जोडिएका छौँ । यसले हामी एक खुल्ला संस्कृतिको प्रभावमा जिउने पनि भएका छौँ ।

“संस्कृतिले हाम्रो परिवार, चर्च र समाज सगैँ देशलाई पनि प्रभाव पारेको हुँदछ ।”

कल्पना गर्नुहोस्ः तपाई वा तपाईले चिनेको व्यक्ति चर्चित हुनु वा प्रसिद्ध हुनु भएमा कस्तो देखिन्छ ?

बाइबलको शुरूवाती समयमा पुरानो करारमा प्रसिद्ध हुने ईच्छा बाबेलको धरहरा बनाई आफ्नो नाऊ राखेर हुने भनी मानिसहरूले कार्य गरेका थिए । (अहिलेको समयमा हाम्रो सामाजिक मिडियाको संसारमा आफ्नो नाउँ रहोस् भनेर आउने एक परिक्षा जस्तै हो।) तर परमेश्वरले बाबलेमा त्यो कार्यलाई पूरा हुन दिनु भएन र उहाँले तिनीहरूको एउटै भाषा र एकै खालको बोलीलाई खलबल र तिनीहरूलाई त्यो स्थानबाट पृथ्वीभरि तितरबितर पारिदिनुभएको भेटाउँछौ । (हेर्नुहोस्ः उत्पत्ति ११ः१–९; हितोपदेश १६ः१–२)।

“सबै प्रसिद्ध हुने खराब कुरा होइन ।”

परमेश्वरले अब्रामलाई आशिष् दिनुहुने र प्रसिद्ध गराउनेछु र ऊ अरूको लागि आशिष् बन्नेछ भन्नुहुन्छ । परमेश्वरले यसको शुरुवात गर्नुभयो। अब्रामलाई प्रसिद्ध बनाउने उहाँ नै हुनुहुन्थ्यो । अब्राम(उच्च पिता) पछि अब्राहाम (धेरै जनाको पिता) भनेर नाम पनि दिनुभयो (उत्पत्ति १७ः५), हामी पनि आशिषित हुन पाउँदा धन्य छौं। (उत्पत्ति १२ः२)

नयाँ करारको सुसमाचारको पुस्तकहरू मत्ती ४ः२४ मा दोस्रो मर्कूस १ः२८ मा येशूको कीर्ति(चर्चा) फैलियो भनेको पाउँछौ। तेस्रो लूकाले ६ः१७–१९ मा शिष्यहरूको ठूलो भीड, र अन्य इलाकाहरूबाट ठूलो भीड उहाँका आएका बताउँछन् । त्यहाँ त्यो पहिलो भीड परमेश्वरको राज्यको वचन सुन्न र दोस्रो भीड आफ्ना रोगहरू बाट निको हुन आएका भेटाउँछौ ।

 विचार गर्नुहोस्ः यदि हामी आफ्नो ठाँउमा येशूलाई प्रसिद्ध वा चर्चित बनाउने ईच्छा गर्छौ भने के हुन्छ ?

वर्तमान संसारहरूमा कहिलेकाहीँ चर्चित वा प्रसिद्ध हुने संस्कृतिले हामी भित्र तुलना र प्रतिस्पर्धालाई जगाउँछ । हामीले प्रायः यससँग संघर्ष गरेका छौं र परमेश्वरले हामीलाई यस क्षेत्रमा काम गरि रहनुभएको छ । यहाँ मैले अहिले सम्मको यात्रामा सिकेका केहि सिकाइहरू राख्दै छुः

१. अन्ततः उहाँले सम्झाउनुभएको छ कि परमेश्वरको राज्यमा कुनै प्रतिस्पर्धा छैन।

२. नम्रता भनेको आफैलाई इन्कार गर्नु हो। यो हाम्रो संस्कृतिमा लोकप्रिय विषय होइन।

कसैले भनेका छन्, “जब मानिसहरूले तपाईंलाई प्रशंसा गर्छन, त्यो लिनुहोस तर त्यसलाई माया नगर्नुहोस्।” चर्चित हुनु वा प्रसिद्ध हुनु तपाईको प्रशंसा गरे जस्तै हो । अर्को एउटा भनाई पनि प्रचलित छ, “प्रशंसा अत्तर जस्तै हो … यसको सुगन्धलाई लिनुहोेस् तर ननिल्नुहोस्।” र बाइबलले पनि हामीलाई बताउँछ,“आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।” (हितोपदेश २७ ख)।

३. कथाको अन्त्यमा वा शुरु देखीनै यो हाम्रो बारेमा थिएन वा होइन। प्रेरित पावलले हाम्रो व्यवहार र चर्चित हुने कुराको आराधना गर्ने संस्कृति भित्र हामी कसरी जीवन बिताउँछौं भन्ने बारे यी बुद्धिमानी शब्दहरू व्यक्त गर्दछन्। (हेर्नुहोसः रोमी १२ः १–५)।

अभ्यास गर्नुहोस्ः तपाईले कसरी येशूलाई चिन्नुहुन्छ र अरुलाई चिन्न सहायता गर्नुहुन्छ ?

थप एक कुराः हामी हाम्रो हृदयहरू हाम्रो नियन्त्रणमा छ भनी विचार गर्छाै । तर यो प्राय हाम्रो हेर्न आखाँबाट र सुन्ने आवाजबाट प्रवेश भएका दृश्य र आवाजहरुले डोरिएका हुन्छन्। हाम्रा ज्ञान्नेद्रियहरूबाट अनुभवको वस्त्रनै बनेको हुन्छ । जसबाट हुने न्यानो वा चिसो सोचहरु निस्कदछ। यो सँगै परमेश्वरको वचनले हामीलाई हृदय सुरक्षित राख्न ध्यान दिनु भन्दछ। (हेर्नुहोसः हितोपदेश २०ः५)

विश्वास गर्नुहोस्ः यदि आज तपाईले येशूलाई भेटन पाउनु भयो भने तपाई के आशा गर्नु हुन्छ ? 

संस्कृतिले हामीहरूले गर्ने इच्छा र निर्णयमा एक पुलको झैँ कार्य गर्दछ । नेपालको भौगोलिक साथै जातीय मूल्य मान्यता हेर्दा एउटै संस्कृति छैन तर संसार बदलिरहेको छ । तपाईपनि बदलि रहनु भएको छ।

शूरुवातमा फर्कौः प्रशिक्षक केही मिलि सेकेण्ड मौन भई…त्यहाँ उपस्थित पास्टरहरु र अगुवाहरुलाई सोध्नु हुन्छः  “तपाईहरू के विचार गर्नु हुन्छ ?” त्यहाँ सहभागी भएकाहरूमा त्यो प्रश्नको उत्तरहरु वर्सिन्छ । साच्चैँ, तपाईको उत्तर चाहिँ ?

एक चर्चित संस्कृतिमा ईश्वरीय ईच्छामा जिउने व्यक्तिको बारेमा तपाई के विचार गर्नु हुन्छ ? के त्यो व्यक्तिमा तपाई पनि पर्नुहुन्छ ?

प्रार्थना गरौँः “परमेश्वर अब्बा, एक चर्चित संस्कृतिमा तपाईको ईच्छामा जिउने म बन्न सकुँ। आमेन् ।”

Write a comment