A Short Biography of Corrie Ten Boom || कोरी टेन बुमको छोटो जिवनी

कोरी टेन बुमको छोटो जिवनी / A Short Biography of Corrie Ten Boom

Author: Samikshya Tamang, 2021-2025 in Shift Institute

“कुनै पनि खाडल यति गहिरो छैन कि उहाँ अझै त्यो भन्दा गहिरो हुनुहुन्न;

हाम्रो सबैभन्दा अँध्यारो क्षणहरूमा पनि येशूसँग,

सबैभन्दा राम्रो कुरा रहन्छ र सबैभन्दा राम्रो अझै बाँकी छ । ”

बुमका यी शब्दहरूले धेरैका मनलाई छोएको छ, किनभने तिनीहरूले पीडा वा क्षति भोगेका जो कोहीलाई पनि आशा दिन्छन् । दोस्रो विश्वयुद्धको समयमा यातना शिविरमा मृत्यु हुनुभन्दा पहिले कोरी टेन बुमकी दिदी बेट्सीले निम्न उद्धरण भनेकी थिइन् ।  कोरी नेदरल्याण्ड्सकी पहिलो महिला घडी निर्माता थिइन् । नाजी यातना शिविरहरूमा कोरीले सामना गरेको अथाह पीडाको कारण, कोरीले बोलेका कुराले अझ बढी प्रभाव पार्छ ।

क्यास्पर र कोर टेन बुमकी चौथी र कान्छी छोरी कर्नेलिया कोरी (अर्नोल्डा जोहाना टेन बुम) को जन्म अप्रिल १५, १८९२ मा नेदरल्याण्ड्सको एम्स्टर्डममा भएको थियो । कोरीको जन्म भएको केही समयपछि, क्यास्पर टेन बुमले हार्लेम शहरको १९ बार्टेलजोरिसस्ट्राटमा रहेको पारिवारिक घडी पसलको जिम्मेवारी पाए र आफ्नो परिवारसँग त्यहाँ सरे । आमाबाबु, चार बच्चाहरू (बेट्सी, विलेम, नोली र कोरी), र तीन काकीहरू (श्रीमती टेन बुमका दिदीबहिनीहरू) घडी पसल माथिको धेरै कोठा नभएको बैठक कोठामा बसोबास गर्थे ।

बुम परिवार डच ईसाईहरू थिए जसले यहूदीहरू र प्रतिरोधका सदस्यहरूलाई नाजी हत्या (होलोकास्ट) बाट भाग्न मद्दत गरे । तिनीहरूले नेदरल्याण्ड्सको हार्लेममा रहेको आफ्नो घरमा कोरीको सुत्ने कोठामा एउटा गोप्य कोठा बनाए, जहाँ तिनीहरूले मानिसहरूलाई लुकाउँथे । तिनीहरूले मद्दत गरेका धेरैजसो यहूदी थिए, तर तिनीहरूले प्रतिरोध कार्यकर्ताहरू र जोखिममा रहेका अरूहरूलाई पनि सहयोग गर्थे । कुनै पनि समयमा, सामान्यतया ५–६ जना गोप्य कोठामा लुकेका हुन्थे । युद्धको क्रममा, लगभग ८०० मानिसहरू उनीहरूको घरबाट सुरक्षित स्थानमा पुग्नको लागि मद्दत गरे ।

बुम र उनको परिवारलाई आफ्नो घर नम्बर १९ मा यहूदीहरूलाई आश्रय दिएकोमा फेब्रुअरी २८, १९४४ मा  ५१ वर्षको उमेरमा रेभेन्सब्रुक यातना शिविरमा कैद गरिएको थियो । डिसेम्बर ३०, १९४४ मा रेभेन्सब्रुक  यातना शिविरबाट रिहा गरिएको थियो, तर दोस्रो विश्वयुद्धले बुम परिवारलाई नष्ट गर्यो । कोरीका बुबा क्यास्परको स्केभेनिङ्गेन जेलमा कैद भएको १० दिनमा मार्च महिनामा मृत्यु भयो, कोरीकी जेठी दिदी बेट्सीको ५९ वर्षको उमेरमा डिसेम्बर १६, १९४४ मा यातना शिविरमा मृत्यु भयो । युद्धबाट बाँचेका कोरीका भाइ विल्हेम, जो एक पास्टर थिए, १९४६ मा एक यातना शिविरमा लागेको संक्रामक रोगबाट मृत्यु भयो ।

कैदमा रहँदा, बुमका दिदीबहिनीहरूले रातको समयमा गोप्य सेवाको काम गर्न तस्करी गरिएको बाइबल प्रयोग गर्थे, जसले गर्दा  उनीहरूका धेरै सँगी कैदीहरूलाई सुसमाचार सुनाए र विश्वासमा डोर्याए । दिनको समय क्रूर जबरजस्ती श्रम र गार्डहरूबाट निरन्तर उत्पीडनमा लादिएका हुन्थे ।

बेट्सीलाई दिएको आफ्नो वाचा पूरा गर्दै, युद्धको केही समय पछि कोरीले ब्लोमेन्डालमा पुनर्वास केन्द्र खोले, जहाँ यातना शिविरका शरणार्थीहरू र नाजीहरूसँग सहकार्य गरेका डच मानिसहरू दुवैलाई आश्रय दिइएको थियो ।

उनको रिहाइ पछि, उनी प्रभुको सेवामा तत्पर भईन् र ३३ वर्षसम्म कोरीले आफ्नो जीवनमा लाखौंलाई आफ्नो कथा र येशू ख्रीष्टमा पाउने अनन्त आशाको सन्देश बोल्दै संसारभरि (६४ देशहरू) यात्रा गरिन् । धेरै मानिसहरूले उनको कथाको त्यो प्रेरणादायी भाग, उनको पुस्तक र चलचित्र, लुक्ने ठाँऊ (द हाईडिङ्ग प्लेस) बाट चिन्छन् ।

सन् १९७५ मा, बिली ग्राहम इभान्जेलिस्टिक एसोसिएसनको फिल्म निर्माण शाखा वल्र्ड वाइड पिक्चर्सले पुस्तक, लुक्ने ठाँऊ the hiding place को चलचित्र निर्देशक जेम्स कोलियरको निर्देशनमा बनायो । निर्देशक कोलियर र कोरी टेन बुम घनिष्ठ मित्र बने । नेदरल्याण्ड्स र इङ्गल्याण्डमा छायांकन गरिएको, यो चलचित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा रिलिज भएको थियो र अहिलेसम्म निर्माण गरिएका सबैभन्दा सफल क्रिश्चियन चलचित्रहरू मध्ये एक बन्न पुग्यो ।

कोरी टेन बुम, यद्यपि उनको असीको दशकमा, आफ्नो जन्मभूमिमा छायांकनको पहिलो भागमा धेरै संलग्न थिइन् । पुरानो टेन बुम घडी पसल र घर युद्ध पछि आधुनिकीकरण गरिएको हुनाले, फिल्म कम्पनीले तीन ब्लक टाढा अर्को पसल पुनर्निर्माण र पुनः सजाएको थियो । जर्मन सैनिकहरूको पोशाक यति प्रामाणिक थियो र फिल्म सेट यति वास्तविक थियो कि जब कोरी टेन बुम पहिलो पटक प्रवेश गरिन् उनले भनिन्, “यति धेरै वर्षदेखि मैले संसारभरका मेरा अनुभवहरूको बारेमा कुरा गरेकी छु, तैपनि मैले ती भयानक दुःस्वप्नहरूलाई मेरो दिमागबाट हटाएको थिएँ । आज, यो सबै अचानक फिर्ता आउँदैछ !

जर्मनीको बर्लिनको उत्तरमा रहेको रेभेन्सब्रुक यातना शिविर, जहाँ ९६,००० महिलाहरूलाई निर्मूल पारिएको थियो, त्यसलाई दक्षिणी इङ्गल्याण्डमा रहेको ब्रिटिस सैनिकहरूको लागि पुरानो परिचालन केन्द्रमा शिविर पुनः सिर्जना गरिएको थियो । उनको डाक्टरले उनलाई शिविर छायांकन गर्ने सेटमा नजान सल्लाह दिए तर कोरी छायांकनको अन्तिम दिनहरूमा त्यहाँ जान चाहे र गए । उनको एक अन्र्तवार्तामा उनले भने “त्यो मेरो लागि गाह्रो थियो ।“शिविरमा प्रवेश गर्ने बित्तिकै मलाई सबै कुरा फेरि वास्तविक भएको महसुस भयो, सायद धेरै वास्तविक । यो मेरो लागि अति भयो । मैले मेरो आँसु थाम्न सकिनँ, र सायद म रोएको राम्रो भयो ।” पछि १९८८ मा उनको घरलाई संग्रहालयमा परिणत गरिएको थियो ।

उनका केहि भनाईहरु निकै मार्मिक र हृदय छुने खालका छन् :

“क्षमा भनेको त्यो साँचो हो जसले आक्रोशको ढोका र घृणाको हतकडी खोल्छ । यो त्यस्तो शक्ति हो जसले तितोपनको साङ्लो र स्वार्थको बन्धन तोड्छ ।“क्लिपिंग्स फ्रम माई नोटबुक“ मा कोरीले लेखेको शब्द ।

“प्रभु, तपाईंले आकाशगंगाहरूको पांग्रा घुमाउनुहुन्छ । तपाईंलाई थाहा छ ग्रहहरू के ले घुमाउँछ र तपाईंलाई थाहा छ यो घडी के ले दौडाउँछ ।”दस बुमले “द हाईडिङ्ग प्लेस“ मा लेखेका शब्दहरु ।

“अन्धकारमा परमेश्वरको सत्य सबैभन्दा स्पष्ट रूपमा चम्किन्छ ।”

“यदि परमेश्वरले हामीलाई नराम्रो समय देखाउनुभएको छ भने, उहाँलाई त्यसको बारेमा थाहा छ भन्ने कुरामा म ढुक्क छु । त्यसैले उहाँको हातमा सबै कुरा छ भनेर बताउन उहाँले कहिलेकाहीं हामीलाई थाहा भएका कति कुराहरू देखाउनुहुन्छ । ”

“चिन्ता भनेको आजको शक्तिले भोलिको भार बोक्नु हो – एकैचोटि दुई दिन बोक्नु । यो समयभन्दा अगाडि भोलितिर सर्दैछ । चिन्ताले भोलिको दुःखलाई खाली गर्दैन, यसले आजको शक्तिलाई नाश गर्छ । ”

“अज्ञात भविष्यबारे ज्ञात परमेश्वरमा भरोसा गर्न कहिल्यै नडराउनुहोस् । ”

“विगत यसैको लागि हो ! परमेश्वरले हामीलाई दिनुहुने हरेक अनुभव र उहाँले हाम्रो जीवनमा राख्नुहुने प्रत्येक व्यक्ति भविष्यको लागि उत्तम तयारी हो जुन उहाँले मात्र देख्न सक्नुहुन्छ । ”

“हातमा भएका सबै कुरालाई हल्कासँग समात्नुहोस्, नत्र परमेश्वरले तपाईको औंला खोल्नुहुँदा दुख्नेछ । ”

“यदि तपाईंले संसारलाई हेर्नुभयो भने, तपाईं दुःखी हुनुहुनेछ । यदि तपाईंले आफै भित्र हेर्नुभयो भने, तपाईं निराश हुनुहुनेछ । यदि तपाईंले परमेश्वरलाई हेर्नुभयो भने, तपाईं आराममा हुनुहुनेछ । ”

निष्कर्षः

ख्रीष्ट येशू विजयी हुनुहुन्छ । उहाँलाई थाहा छ हामी कस्तो महसुस गर्छौं किनभने उहाँ २००० वर्ष पहिले सारा संसारको पापको लागि दुःख भोग्न र मर्न आउनुभएको थियो । आज, उहाँले हामीलाई पनि कठिन समयमा हिँड्न आवश्यक पर्ने शक्ति र आशा दिनुहुन्छ । किनकि हामी एक्लै यी सबै कुरा पार गर्न सक्दैनौं । सायद हामी साधारण ठाउँहरूमा सामान्य कामहरू जो हामीलाई दिइएको छ, त्यसलाई हामी इमान्दार भएर गछौं भने हामीले गर्ने सामान्य कामहरू परमेश्वरले रोज्नुहुन्छ र आफ्नो महिमाको कामको लागि प्रयोग गर्नुहुन्छ । जसको लागि हाम्रो थोरै परिश्रम र निर्णयहरुले सार्थकता दिदँछ । उहाँ सबैभन्दा महान् हुनुहुन्छ र इतिहासमा उहाँले तपाईं र म जस्ता साधारण मानिसहरूलाई रोज्नुभएको छ । किन ? किनभने अझै उहाँ यो संसालाई प्रेम गर्नु हुन्छ ।

Sources:

https://www.dbu.edu/corrie-ten-boom/the-hiding-place.html

Charles Strohmer, The Clock Shop than Time,  https://wagingwisdom.com/2018/01/27/the-clock-shop-that-tells-more-than-time/, January 27, 2018.

https://www.dbu.edu/corrie-ten-boom/her-story.html

Matt Lebovic, The Times of Israel, How a ‘watchmakers daughter hid hundreds of Jews beneath the Nazi Occupiers Noses, https://www.timesofisrael.com/how-a-watchmakers-daughter-hid-hundreds-of-jews-beneath-the-nazi-occupiers-noses/, February 18, 2023.

Family Ten Boom, https://triablogue.blogspot.com/2019/08/family-ten-boom.html, August 17, 2019

https://encyclopedia.ushmm.org/content/en/article/corrie-ten-boom#:~:text=The%20arrested%20members%20of%20the,non%2DJewish%20prisoners%20to%20pray.

Write a comment